ललिता निवास जग्गा प्रकरण- समरजंग कम्पनीका तत्कालीन प्रमुख र नक्कली मोही पक्राउ

ललिता निवास प्रकरणमा तत्कालीन सरकारी कर्मचारी र नक्कली मोही गरी २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेश पोखरेल र नक्कली मोही देवनारायण महर्जन छन्।

नेपालभ्युज

ललिता निवास जग्गा प्रकरण- समरजंग कम्पनीका तत्कालीन प्रमुख र नक्कली मोही  पक्राउ

काठमाडौं। ललिता निवास जग्गा हिनामिना प्रकरणमा तत्कालीन सरकारी कर्मचारी र नक्कली मोही गरी २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेश पोखरेल र नक्कली मोही देवनारायण महर्जन छन्।

केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले उनीहरूलाई पक्राउ गरेको हो। गृह मन्त्रालय मातहतको समरजंग कम्पनीको नाममा ललिता निवासको धेरै जग्गा ल्याइएको थियो।

यस प्रकरणमा आइतबार तीन अभियुक्तलाई पक्राउ परेका थिए। पक्राउ पर्ने शिवजी भट्टराई, धमानकुमार कार्की र बाबुराज महर्जन छन्। महर्जन नक्कली मोही हुन्। भट्टराई काठमाडौं महानगरपालिका– ४ का तत्कालीन वडासचिव हुन्। कार्की नापी कार्यालयका अधिकृत हुन्।

बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणमा भूतपूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र नेपालकै ठूलोमध्येको भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित सात जना मंगलवार पक्राउ परेका थिए। ती मध्ये तनि जनाले अदालतको स्टे अर्डर लिएर राखेकाले छुटेका छन्।

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरेको अभियोगमा ९ जना हिरासतमा छन्। ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएकोमा ३ सय ९७ जना पक्राउ पर्न बाँकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved