ललिता निवास जग्गा प्रकरण : महानगरका अधिकृतसहित थप ३ जना पक्राउ

नेपालभ्युज

ललिता निवास जग्गा प्रकरण : महानगरका अधिकृतसहित थप ३ जना पक्राउ

काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानको लागि प्रहरीले थप ३ जना आरोपीतलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ललिता निवास जग्गा प्रकरणका आरोपीत बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो ।

महर्जन नक्कली मोही बनेका थिए । यस्तै, शिवजी भट्टराई २०६० सालमा काठमाडौं महानगर वडा नम्बर ४ का तत्कालिन वडासचिव रहेकोमा हाल महानगरमा अधिकृत रहेका छन् । घमनकुमार कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी थिए ।

ललिता निवास प्रकरण जग्गा प्रकरणमा जोडिएको आरोपमा प्रहरीले गत मंगलबार पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोतका तत्कालिन कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ गरेको थियो । उनीहरु अहिले अनुसन्धानका लागि हिरासतमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved