काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेइमानीलाई पार्टीको ढोका सधैं बन्द भएको बताएका छन् ।
आइतबार गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै उनले पार्टीमा इमानदारहरुलाई मात्रै स्वागत भएको बताएका हुन् ।
केही स्वार्थीहरु पार्टी प्रवेशका लागि चिहाउँदै गरेको भन्दै उनले इमान नभएकाहरुलाई स्थान नदिइनेमा जोड दिए ।
‘छलफलमा बसेको बेला मलाई सबैले भन्थे, कहाँ सकिन्छ र ? ठूला पार्टीको त यत्रो ठूलो सञ्जाल छ, कार्यकर्ता नै लाखौँ छन्, त्यत्रा भोटर छन्, भ्रातृ संगठननै संगठन छन्’, उनले भने, ‘गर्भैदेखि फलानो पार्टी भन्ने छन्, तपाई आफूले चाहीँ जित्नुहोला कुन्नि तर काठमाडौंमा उठ्नुभएको थियो तर पनि प्रयास त गर्नुहोला भन्थे । तर मैले देश दौडाहामा जाँदा नागरिकको नाडी छाम्ने अवसर पाएको थिएँ । जसकारण नै अहिलेको सफलता सम्भव भएको हो ।’
सभापति लामिछानेले स्वार्थहरु प्रवेश गरेर पार्टी कब्जा हुने हो कि भन्ने चिन्ता नलिन शुभेच्छुकलाई आग्रह पनि गरे ।
Facebook Comment
Comment