फ्रान्स हिंसा : मेयरको घरमा आक्रमण, पत्नीको खुट्टा भाँचियो

नेपालभ्युज

फ्रान्स हिंसा : मेयरको घरमा आक्रमण, पत्नीको खुट्टा भाँचियो

काठमाडौं। फ्रान्समा जारी विरोध प्रदर्शनका क्रममा हाया–लेस–गुलाबका भिन्सेन्ट मेयर जिनब्रुनको घरमा आक्रमण भएको छ ।

लगातार पाँचौँ दिनसम्म पनि चलिरहेको विरोध प्रदर्शनमा मेयर जिनब्रुनको घरमा आक्रमण भएको हो । उनकी पत्नीको खुट्टाको ‘टिबिया’ भाचिएको बीबीसीले जनाएको छ।

घरमा प्रदर्शनकारी जाइलागेपश्चात उनकी पत्नी मेलानी नोवाक २ बच्चा लिएर भागेकी थिइन्। प्रदर्शनकारीले घरको ढोका बिगारेर गाडी जलाएका थिए। घरको गेटमा कोका–कोलाको बोतलमा प्रज्वलनशिल पदार्थ भेटिएको थियो।

प्रदर्शनकारीले लिलेस्थित स्वास्थ्य चौकी पनि ध्वस्त पारेका छन् । पाँचौँ रातमा पुलिसले ७१९ जनालाई पक्राउ गरेको थियो।

पुलिस अधिकारीले गत मङ्गलबार १७ वर्षीय युवकलाई गोली हानेर हत्या गरेपछि फ्रान्सका विभिन्न क्षेत्रमा हिंसात्मक प्रदर्शन भइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved