फ्रान्स हिंसाः पुलिस र प्रदर्शनकारीबीच झडप, थप ५६ प्रदर्शनकारी पक्राउ

नेपालभ्युज

फ्रान्स हिंसाः पुलिस र प्रदर्शनकारीबीच झडप, थप ५६ प्रदर्शनकारी पक्राउ

काठमाडौं। फ्रान्समा जारी विरोधमा पुलिस र प्रदर्शनकारीबीच झडप भएको छ।  शनिबार राति  विरोधको पाँचौं दिन पुलिस र प्रदर्शनकारीबीच झडप भएको हो।

प्रदर्शनकारी र पुलिसबीच एक घण्टाभन्दा लामो झडप भएको फ्रान्सेली मिडियाहरूले जनाएका छन्। प्रदर्शनलाई नियन्त्रणमा लिन पुलिसले अस्रुग्यासको प्रयोग गरेको थियो। पुलिसले थप ५६ मानिसलाई पक्राउ गरेको छ।

शुक्रबार राति १३०० मानिसभन्दा बढीलाई पक्राउ गरिएको थियो। शनिबार करिब ४५ हजार पुलिस परिचालन गरिएको थियो। पेरिसमा प्रदर्शन नियन्त्रण गर्नको लागि ठूलो संख्यामा पुलिस परिचालन गरेको बीबीसीले जनाएको छ। मृत्यु भएका नहेल एमको अन्त्येष्टिमा मानिसहरूको ठूलो जमात देखिएको थियो।

गत मङ्गलबार १७ वर्षीय युवकलाई एक पुलिस अधिकारीले गोली हानेपश्चात् फ्रान्सको विभिन्न क्षेत्रमा हिंसात्मक प्रदर्शन भइरहेका छन्।

रात्रिकालीन दङ्गा नियन्त्रणका लागि फ्रान्समा ४५ हजार प्रहरी तैनाथ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved