भरतपुर विमानस्थलमा ओली र रविको जम्काभेट, के भयो कुराकानी ? (भिडिओ)

धावनमार्गमै दुई नेताबीच भएको संवादमा विदेशबाट कृषि सामग्रीको आयत कम गर्नेबारे छलफल भएको छ। रविले राखेको प्रस्तावमा ओलीले सहमति जनाएका छन्।

नेपालभ्युज

भरतपुर विमानस्थलमा ओली र रविको जम्काभेट, के भयो कुराकानी ? (भिडिओ)

काठमाडौं। चितवनको भरतपुर विमानस्थलमा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेबीच भेट भएको छ। ओली २० औँ राष्ट्रिय धान दिवस मनाउन चितवन जाँदै थिए। रवि भने आफ्नै निर्वाचन क्षेत्रमा केही कामले जाँदै थिए।

काठमाडौंबाट शुक्रबार बिहानको बुद्ध एअरमा भरतपुर पुगेका दुवै नेताहरू विमानबाट ओर्लिएपछि भेट भयो।

धावनमार्गमै दुई नेताबीच भएको संवादमा विदेशबाट कृषि सामग्रीको आयत कम गर्नेबारे छलफल भएको छ। रविले राखेको प्रस्तावमा ओलीले सहमति जनाएका छन्।

सार्वजनिक भिडिओमा रविले भनेका छन्, ‘‘एटलिष्ट माछा र केरा चाहिँ विदेशबाट ल्याउन पाइँदैन भन्ने अभियान सुरु भएको छ। त्यसमा यहाँले साथ दिनुपर्‍यो।’’

‘‘हुन्छ मेरो पूर्ण साथ रहनेछ’’ ओलीको जवाफ छ। त्यसपछि नमस्कार गर्दै रवि बाटो लागेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved