काठमाडौं। गायक तथा सर्जक किरणबाबु पुनको ‘मेरी जुनकिरी’ बोलको गीत सार्वजनिक भएको छ। उनलाई चर्चित गायिका टिका पुनले साथ दिएकी छिन्।
गीतमा किरणबाबु पुनकै शब्द र सुमधुर संगित छ। कुमारसानु पुनले संगित संयोजन गरेको गीतको भिडिओमा पछिल्लो समय चल्तीको मोडल प्रेम थापा र चाहाना श्रेष्ठको अभिनय छ। भिडिओलाई सिर्जन बरालको निर्देशन गरेका हुन्। गीत शंकरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।
राम केसीको छायांकन रहेको उक्त गीतको भिडिओलाई राजकुमार मगरले सम्पादन गरेका हुन्। बागलुङ जिल्लाको मनोरम ठाउँमा छायांकन गरिएको उक्त गीत किरणबाबु पुनको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
Facebook Comment
Comment