कृषिकै कारण हामीलाई नाकाबन्दीले समेत गलाउन सकेन: ओली

नेपालभ्युज

कृषिकै कारण हामीलाई नाकाबन्दीले समेत गलाउन सकेन: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कृषि उत्पादनकै कारण विगतमा भारतले नाकाबन्दी लगाउँदासमेत नेपालले सहजै सामना गर्न सकेको बताएका छन् ।

शुक्रबार धान दिवसका अवसरमा चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको कृषि प्रणालीलाई अझ व्यवसायिक बनाउनुपर्नेमा पनि जोड दिए ।

घर धान्ने हिसाबमा भन्दा पनि आम्दानी बढाउने गरी खती गर्नुपर्ने उनको भनाइ थियो । ‘अहिले परिवार सानो हुने, भएकाहरू पनि विदेश पलायन हुने र कृषि पेसातर्फ आकर्षण कम हुने गरेको छ । कृषिकर्मलाई बढाउन सहकार्य र सहकारी आवश्यक छ’, उनले भने, ‘पाँच महिनाको नाकाबन्दीमा पनि नेपाल टिकिरहनुको कारण कृषि उत्पादन नै हो । हामी प्रायः बाहिरबाट सबै चिज ल्याउँछौँ, तर हामीलाई खान पुग्ने अन्न, सब्जी, माछा, मासु र दूध यही उत्पादन हुन्छ । त्यसो हुनाले नाकाबन्दीले पनि हामीलाई गलाउन सकेन ।’

उत्पादनलाई प्रविधिसँग जोड्न जरुरी रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले राष्ट्रिय अन्न धानको उत्पादन गुणात्मक किसिमले वृद्धि गर्नुपर्नेमा जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved