आज ६० लाख लिटर दही खपत हुने, ७२ करोडको कारोबार हुने अनुमान

नेपालभ्युज

आज ६० लाख लिटर दही खपत हुने, ७२ करोडको कारोबार हुने अनुमान

काठमाडौं । आज धान दिवस अर्थात असार १५ गते दही चिउरा खाएर मनाइँदैछ । यो दिवस देशभर मनाउने भएकाले अन्य समय भन्दा ठुलो परिमाणमा दहीको खपत हुन्छ।

नेपाल डेरी एसोसिएसनका अनुसार आसार १५ को दिन देशभर ६० लाख लिटर भन्दा बढी दहीको खपत हुने अनुमान छ। सामान्य समयमा दैनिक ११ देखि १२ लाख लिटर दही बिक्री हुने गरेको छ। धान दिवसको दिन दहीको माग ५ गुणा बढ्ने गरेको एसोसिएसनले जनाएको छ।

यो आधारमा असार १५ गते मात्रै लिटरको १२० रुपैयाँको आधारमा ७२ करोड रुपैयाँको दही खपत हुन्छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved