नयाँ दलप्रति लक्षित गर्दै ओलीले भने- विचार नभएकाहरु नै विचारको दुहाइ दिन्छन्

नेपालभ्युज

नयाँ दलप्रति लक्षित गर्दै ओलीले भने- विचार नभएकाहरु नै विचारको दुहाइ दिन्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय उदाएका दलहरुप्रति लक्षित गर्दै ‘विचार नै नभएकाहरुले विचारको दुहाइ दिने गरेको’ टिप्पणी गरेका छन् ।

‘जसको विचार नै छैन, उसैले विचारका ठूला कुरा गरेको सुन्छु’, बिहीबार मदन भण्डारीको जन्मोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले एउटा लहर चलेको छ । विचारसिचार नचाहिने, तर विचार लिएर हामी आयौ भन्ने । योगदान सम्झनु जरुरी छैन, बिर्सिए हुन्छ योगदान । योगदानको के मतलब छ ?’

अध्यक्ष ओलीले राजनीतिक पार्टीहरु समाजलाई अघि बढाउने क्रममा विभिन्न विचारहरु बोकेर अघि बढ्ने गरेपनि पछिल्लो समय कतिपय दलहरु विचारविनै राजनीतिमा आइरहेकोमा असन्तुष्टि जनाएका हुन् ।

जवजले स्पष्ट लक्ष्य र गन्तव्य लिएकै कारण हालको संविधानमा समाजवाद लेखिएको ओलीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved