ललिता निवास प्रकरण : जबर्जस्ती पक्राउ गरिएको भन्दै तीनजना आरोपित पुगे सर्वोच्चमा

नेपालभ्युज

ललिता निवास प्रकरण : जबर्जस्ती पक्राउ गरिएको भन्दै तीनजना आरोपित पुगे सर्वोच्चमा

काठमाडौं। ललिता निवासको जग्गा अनियमिततामा मुछिएका तीनजना आरोपित आफूहरूलाई गैरकानुनी रूपमा जबर्जस्ती पक्राउ गरिएको भन्दै सर्वोच्चमा पुगेका छन् ।

आरोपितहरूमध्ये  मीनबहादुर गुरुङ धर्मप्रसाद गौतम र सुधीरकुमार शाहले सर्वोच्च अदालतमा ‘बन्दीप्रत्यक्षीकरण’को निवेदन दर्ता गरेका हुन् ।

राज्यका निकायले कुनै पनि व्यक्तिलाई गैरकानुनी रूपमा पक्राउ गरे वा थुनामा राखेमा त्यसको कानुनी उपचारका लागि ‘बन्दीप्रत्यक्षीकरण’को निवेदन दर्ता गरिन्छ । उनीहरू तीनै जनाले आफूहरूलाई विनाशर्त रिहा हुनुपर्ने माग राखेर बन्दीप्रत्यक्षीकरण’को निवेदन दर्ता गरेका हुन् ।

हदम्याद सकिएको अवस्थामा आफूहरूमाथि किर्तेको अभियोगमा अनुसन्धान गर्न खोजेको उनीहरूको जिकिर छ । उनीहरू तीनैजनाको निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

ललिता निवास जग्गा प्रकरणका १७ जनाले १५ महिनाअघि नै सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर बसेका थिए । जसमध्येका ३ जना पक्राउ परेकै दिन गत मंगलबार रिहा भएका हुन् । त्यही बाटो समाउन अरु आरोपितहरू पनि बन्दीप्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च अदालत गएका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved