रथयात्राका क्रममा करेन्ट लाग्दा ६ जनाको ज्यान गयो, कयौँको अवस्था चिन्ताजनक

नेपालभ्युज

रथयात्राका क्रममा करेन्ट लाग्दा ६ जनाको ज्यान गयो, कयौँको अवस्था चिन्ताजनक

एजेन्सी। भारत त्रिपुराको अगरतलामा बुधबार भगवान जगन्नाथको ‘उल्टा रथयात्रा’का क्रममा करेन्ट लाग्दा महिला र बालबालिकासहित ६ जनाको ज्यान गएको छ ।

प्रारम्भिक रिपोर्टका अनुसार यस दुर्घटनामा अन्य धेरै व्यक्ति घाइते भएका छन्, जसमा केहीको अवस्था चिन्ताजनक छ।
मृत्यु हुनेमा दुई बालबालिका, तीन महिला र एक पुरुष रहेका छन् ।

मृतकको संख्या बढ्न सक्ने स्थानीयले बताएका छन् । साँझ ५ बजेतिर रथको माथिल्लो भाग हाई टेन्सन तारमा फसेपछि उक्त घटना भएको हो । यो एक हप्ता लामो रथयात्राको अन्त्य थियो।सामाजिक सञ्जालमा भाइरल भइरहेका तस्विर र भिडियोमा सडकमा विद्युत करेन्ट लागेर भक्तजनहरु जिउँदै जलेको देखिन्छ ।

मुख्यमन्त्री माणिक साहले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्विट गर्दै घटनास्थल गएको जानकारी दिएका छन् ।प्रधानमन्त्रीको कार्यालयले ट्वीट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेको जनाएको छ ।

साथै प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार भारु दिने घोषणा गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved