सर्वोच्चले खोलिदियो समलिंगी विवाह दर्ताको बाटो

नेपालभ्युज

सर्वोच्चले खोलिदियो समलिंगी विवाह दर्ताको बाटो

काठमाडौं । सर्वोच्च अदालतले समलिंगी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

ब्लु डायमन्ड सोसाइटीको तर्फबाट अध्यक्ष पिंकी गुरुङसहित ७ जनाले सर्वोच्च अदालतमा दिएको निवेदनउपर मंगलबार अदालतले यस्तो आदेश दिएको हो ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले यस्तो आदेश दिएपछि समलिंगीहरु खुसी भएका छन् ।

सर्वोच्चले समलिंगी र तेस्रोलिंगी समुदायको विवाह दर्तासम्बन्धी कानुनी व्यवस्थाको विषयमा सरकारसँग लिखित जवाफ पनि माग गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved