प्रधानमन्त्री भन्छन्: अझै थुप्रै भ्रष्टाचारका फाइल खुल्छन्

सरकारप्रति जनताको विश्वास बढाएको दाबी

पछिल्लो समय ठूला भ्रष्टाचारका फाइल खोलेर कारबाही अघि बढाएसँगै जनतामा सरकारप्रति विश्वास बढाएको उनको भनाइ छ ।

नेपालभ्युज

प्रधानमन्त्री भन्छन्: अझै थुप्रै भ्रष्टाचारका फाइल खुल्छन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारप्रति जनताको विश्वास बढाएको दाबी गरेका छन् ।

पछिल्लो समय ठूला भ्रष्टाचारका फाइल खोलेर कारबाही अघि बढाएसँगै जनतामा सरकारप्रति विश्वास बढाएको उनको भनाइ छ ।

बुधबार बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी प्रकरणमा सरकारले लिएको ‘एक्सन’ कमजोर नभएको बताए । उनले ललिता निवास प्रकरणमा पनि दोषीलाई नछाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले पछिल्लो समय सुशासनका क्षेत्रमा आफूले उल्लेख्य काम गरेको बताए । उनले राजनीतिमा शुद्धीकरणको अभ्यास भइरहेको दाबी गर्दै भने, ‘यो शुद्धीकरणको यात्रा यतिमा मात्रै रोकिन्न ।’

भ्रष्टाचार काण्डमा कोही पनि हाइ प्रोफाइललाई नछाडिने उनको भनाइ छ । ‘यहाँ कसैलाई पनि छाडिन्नँ । प्रधानमन्त्री निवास नै निल्न खोज्नेलाई छाड्ने कुरै हुँदैन’, उनले भने ।

उनले संसदलाई जवाफ दिँदै खेतीका समयमा रासायनिक मलको अभाव नहुने पनि दाबी गरे ।

उनले देशको आर्थिक स्थिति पनि हल्ला गरेजस्तो खराब नभएको बताएका छन् । आफूले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्रमा सुधार आएको उनको भनाइ छ ।

उनले सबै आर्थिक सूचकहरु सकारात्मक दिशातर्फ अगाडि बढेको पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved