झापामा सवारी दुर्घटनामा बाबुछोरीको मृत्यु, पाँचजना घाइते

नेपालभ्युज

झापामा सवारी दुर्घटनामा बाबुछोरीको मृत्यु, पाँचजना घाइते

झापा। पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित सडक खण्डमा आज सवारी दुर्घटनामा परेर बाबुछोरीको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।

शिवसताक्षी–९ भालुखोलास्थित राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको प्र १–०२–००१क ३८७९ नं को ट्रक र विपरीत दिशामा रहेको प्र १–०१–००च ७४८२ नम्बरको कार एकापसमा ठोक्किँएका हुन् ।

कार चालक मोरङको उर्लाबारी–६ का ४५ वर्षीय गुरुचन चौधरी र सोही कारमा सवार उनकी छोरी १८ वर्षीया कुमकुमको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते दुवैको उपचारका क्रममा विर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको हो ।

गुरुचनकी श्रीमती ४० वर्षीया सुजिता, छोरा १० वर्षीय विवेक सहित रञ्जुदेवी चौधरी, रिकेश न्यौपाने र उर्लाबारी–७ की ४० वर्षीया मुना शाह घाइते भएका छन् । उनीहरूको बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ । परिवार र आफन्तसहित उनीहरू विवाहमा सहभागी भई घर फर्किंदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved