सुर्खेत। जुम्लामा धान गोड्ने क्रममा करेन्ट लागेर सोमबार बेलुका एक जना किशोरीको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ सुमलगाउँको खलापानी भन्ने ज्युलोमा धान रोपेको धान गोड्ने क्रममा मृत्यु भएको हो । करेन्ट लागेर सुमलगाउँका १७ वर्षीय प्रर्मिला परियार को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
लुड्कु जलविद्युत् आयोजनाको विद्युतको तार हावाहुरीले खेतमा परेको र त्यही तारले करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता तथा सूचना अधिकारी धर्मराज जोशीले बताए । ‘घाइते हुनेहरुमा सोही गाउँकी शान्ति दमाई, राजु दमाई, मन दमाई, र विरु दमाई हुन् ।’ उनले भने,‘घाइते सबैको अवस्था सामान्य छ । उनीहरूको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भइरहेको छ ।’
Facebook Comment
Comment