सहकारीको १४ अर्ब रुपैयाँ हिनामिनाको आरोप लागेका केदारनाथ शर्मा भारतबाट पक्राउ

नेपालभ्युज

सहकारीको १४ अर्ब रुपैयाँ हिनामिनाको आरोप लागेका केदारनाथ शर्मा भारतबाट पक्राउ

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा भारतको मुम्बईबाट  पक्राउ परेका छन् ।  प्रहरीका अनुसार शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको  १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेर उनि नेपालबाट फरार भएका थिए ।

उनलाई सीआईबीको टोलीले भारतको मुम्बईमा एक नेताको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई हिजो सोमबार नेपाल ल्याइएको छ ।

२०७७ सालमा भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो । छोटो समयमा निकै ठूलो कारोबार गरेको सहकारीका सञ्चालकले विस्तारै रकम ठगि गर्दै गएपछि सर्वसाधारणको निक्षेप फिर्ता गर्न समस्या हुन थालेको थियो ।

आफूले जम्मा गरेको बचत रकम फिर्ता नपाएपछि बचतकर्ताहरुले सीआईबी र सहकारी विभागमा उजुरी दिएका थिए ।

अनुसन्धानको क्रममा सीआईबीले यही असार १ गते एक सूचना जारी गरी काठमाडौं र ललितपुर जिल्ला भित्रका सेवा केन्द्रहरुमा निक्षेपकर्ता सदस्यहरुले जम्मा गरेका रकम हिनामिना भई ठगी हुन गएको भए प्रमाणसहित जाहेरी दिन आह्वान गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved