हर्क साम्पाङको स्टाटसमा भन्दा बालेनको कमेन्टमा लाइक धेरै !

नेपालभ्युज

हर्क साम्पाङको स्टाटसमा भन्दा बालेनको कमेन्टमा लाइक धेरै !

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईबीचको सम्बन्ध अस्थिर छ ।

कुनै बेला फेसबुक स्टाटसमै एक अर्काको आलोचना गरेका शाह र साम्पाङबीच अहिले भने सम्बन्ध सुमधुर छ । दुवैले एक अर्काको कामको प्रसंशा गर्छन् ।

आइतबार राती हर्क साम्पाङले एउटा स्टाटस लेखेका छन् । उनले कोकाहा खोलाको पानी धरान ल्याउँदा दुनियाँले बधाई दिएको तर धरानका दलले उल्टै मुद्दा लगाएको बताएका छन् । उनको स्टाटसमा कमेन्ट गर्दै काठमाडौंका मेयर बालेन शाहले कसैले केही भनेर फरक नपर्ने भन्दै काममा लागिरहन भनेका छन् ।

बालेनले लेखेका छन्, ‘केही फरक पर्दैन । कसैले भनेर, सोचेर केही फरक पर्दैन । तपाइँ यति अगाडी पुगिसक्नुभयो कि पछाडी जस्ले जे बोलेपनि फरक पर्दैन ।’

रमाइलो कुरा के छ भने हर्कको फेसबुक स्टाटसमा भन्दा उनको स्टाटसमा बालेनले गरेको कमेन्टमा धेरै रिएक्ट आएको छ । विहानको पौने ९ बजेसम्म हर्कको स्टाटसमा ४३ हजार रिएक्ट आएको छ भने बालेनको कमेन्ट ५१ हजार रिएक्ट आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved