रातमा सुत्नुअघि भुटेको जिरा खाँदा हट्छन् मुखका समस्या

नेपालभ्युज

रातमा सुत्नुअघि भुटेको जिरा खाँदा हट्छन् मुखका समस्या

एजेन्सी ।  भुटेको जिरामा कैयौं त्यस्ता गुणकारी पोषक तत्वहरु पाइन्छन्, जो मुखसँग जोडिएका धेरै समस्याहरुलाई कम गर्न सहयोगी हुन्छन् । जानौं यसबारेमा–

  •  सुत्नुअघि भुटेको जिरा खानाले पहेंलो दाँत हुने समस्या कम हुन्छ । भुटेको जिराबाट जुन रस निस्कन्छ त्यसले दाँतको पहेंलोलाई सफा गरेर त्यसलाई सेतो र चमकदार बनाउने गर्छ ।
  •  जिरामा एन्टीब्याक्टेरियल, एन्टीफंगल तथा एन्टीभाइरल गुण प्रचुर मात्रामा पाइन्छ । त्यसैले जिरालाई भुटेर खाँदा दाँतको दुखाई कम हुन्छ ।
  •  मुखमा घाउ हुने समस्यामा दैनिक सुत्नुअघि भुटेको जिरा खानु फाइदाजनक हुन्छ । यसमा एन्टीइन्फ्लामेटरी तथा एन्टीब्याक्टेरियल गुण हुन्छन्, जसले मुखमा भएका ब्याक्टेरियालाई कम गरी घाउ निको हुन्छ ।
  •  भुटेको जिराको सेवन गरेर मुखबाट आउने दुर्गन्ध पनि कम गर्न सकिन्छ । यसले पेटलाई सफा राख्छ जसले गर्दा स्वासबाट दुर्गन्ध आउने समस्या कम हुन्छ ।
  •  जिरामा एन्टीब्याक्टेरियल गुण हुन्छ । रातमा सुत्नुअघि भुटेको जिरा चपाउँदा दाँतमा किराहरु लाग्ने समस्या पनि हुँदैन । दैनिक यसरी जिरा चपाउँदा दाँत स्वस्थ रहन्छन् ।
  •  कमजोर गिजाँका कारण दाँतबाट रगत आउन थाल्छ । यस्तो दैनिक सुत्नुअघि भुटेको जिराको सेवन तपाईंका लागि फाइदाजनक हुन सक्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved