मणिपुरमा स्थानीयको अवरोधपछि १२ लडाकू मुक्त

नेपालभ्युज

मणिपुरमा स्थानीयको अवरोधपछि १२ लडाकू मुक्त
फाइल फोटो

नयाँदिल्ली । उत्तरपूर्वी राज्य मणिपुरमा एक हजार २०० भन्दा बढी महिलाको नेतृत्वमा रहेको भीडको अवरोधपछि सुरक्षा नियन्त्रण नजिक पुगेका एक दर्जन लडाकूलाई आइतबार रिहा गरेको भारतीय सेनाले जनाएको छ ।

भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शनिबार इम्फाल पूर्वको इथम गाउँमा लडाकूहरू फसेका थिए । तर, महिला नेतृत्वको भीडले घेरिएपछि सेनाले हार मान्नुप¥यो, जसले सरकारी सेनालाई कारबाही अघि बढाउनबाट रोकेको थियो ।’

‘करिब एक दिनसम्म चलेको गतिरोध नागरिक हताहत हुनबाट जोगिन लडाकुलाई रिहा गर्ने निर्णयपछि अन्त्य भएको हो,’ विज्ञप्तिमा भनिएको छ ।

गैर-आदिवासी मेइटिस समुदायलाई अनुसूचित जनजातिको दर्जामा समावेश गरिएको विरोधमा आदिवासी प्रदर्शनको क्रममा राज्यमा ठूलो मात्रामा हिंसा भड्किएपछि उत्तरपूर्वी राज्यले मे ३ देखि द्वन्द्वको सामना गर्नुपरेको छ ।

जातीय द्वन्द्वमा १०० भन्दा बढीको मृत्यु भएको थियो ४० भन्दा बढी मानिस विस्थापित भएका थिए । राज्यमा हिंसाका क्रममा करिब ३०० जना घाइते भएका छन् भने करिब एक हजार ७०० घर जलेका छन् ।

अधिकारीहरूले राज्यमा भीड जम्मा हुन नदिन कर्फ्यु आदेश जारी गरी इन्टरनेट सेवाहरूमा पूर्ण प्रतिबन्ध लगाउनु परेको थियो । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved