ओलीको प्रश्न: नेकपा विभाजन स्वचालित कि परिचालित ?

नेपालभ्युज

ओलीको प्रश्न: नेकपा विभाजन स्वचालित कि परिचालित ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विभाजन आन्तरिक कारणबाट भयो कि अरुले नै गराइदिए भन्ने खोज्नपर्ने बताएका छन् ।

आइतबार एमाले नेता केशवप्रसाद बडालद्वरा लिखित पुस्तक ‘सिंहावलोकन’को लोकर्पण गर्दै उनले समयक्रमसँगै नेकपा विभाजनको विश्लेषण हुनपर्ने तर्क गरे । ‘अढाई वर्षअघि हाम्रो पार्टी विभाजन भयो’, उनले भने, ‘त्यो स्वचालित थियो कि परिचालित भन्ने विश्लेषण हुन जरुरी छ ।

उनले पार्टी किन विभाजनसम्म पुग्यो ? कस्तो पृष्ठभूमिबाट विभाजनसम्म पुग्यो ? भन्नेकुराको यथार्थ नागरिकले थाहा पाउनुपर्नेमा जोड दिए । विदेशबाट रिमोर्ट घुमाएर नेकपा फुटाएको उनको बुझाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved