रुसमा नाटकीय विद्रोह : युक्रेन युद्धले नयाँ मोड लिने संकेत

रुस – युक्रेन युद्ध १६ औं महिनामा चलिरहदा रुसी सैन्य समीकरणमा यस्तो नाटकीय बद्लाव आएको हो । प्रिगोजिनका अनुसार शनिबार बिहान रुसी सेनाले बैग्नर समूहको युक्रेनको बखमुत शिविरमा मिसाइल आक्रमण गरेपछि यो मोड आएको हो ।

नेपालभ्युज

रुसमा नाटकीय विद्रोह : युक्रेन युद्धले नयाँ मोड लिने संकेत

काठमाडौं । शुक्रबार रुसी राष्ट्रपति ब्लादमिर पुटिनले वैंग्नर समूहका नेता यब्गेनी प्रिगोजिन विरुद्ध सत्ता विद्रोह गर्न खोजेको आरोप लगाए ।

पुटिनले यस्तो आरोप लगाइरहदा घटनाक्रमको संवेदनशीलता र सघनतालाई विश्व संचार माध्यमले अनुमान गर्न सकेका थिएनन् । शनिवार बिहान रुसको रोस्तोभ शहर वैंग्नर समूहले कब्जा गरेको दाबी गर्यो । साथै रुसी सेनाको दक्षिण हेडक्वार्टर पनि वैग्नर समूहले कब्जा गरेको बताइएको छ ।

न्यूओर्क टाइम्सका अनुसार वैग्नर समूहका टुकडी र बख्तरबन्द गाडी अहिले मास्कोतिर अघि बढिरहेका छन् । वैग्नर समूहका नेता प्रिगोजिनले आफूहरुले केही दिनभित्रै मस्को कब्जा गर्ने दाबी गरेका छन्। उनले रुसी सेनाको एक हेलिकप्टर खसाएको समेत दाबी गरेका छन् ।

राष्ट्रपति पुटिनले भने यसलाई सत्ता विद्रोहको प्रयासको संज्ञा दिँदै विद्रोही बैग्नर समूहलाई कडाभन्दा कडा कार्वाही गर्ने बताएको विश्व संचारमाध्यममा उख्लेख छ । उनले भनेका छन्–‘बैग्नर समूहले हाम्रो पिँठमा छुरा घोपेको छ । यो धोकाबाजी र सत्ता विद्रोहको प्रयास हो । यो प्रयासलाई निर्ममतापूवर्क दमन गरिने छ । साथै, नेता प्रिगोजिनलाई सबैलाई कडा कारबाही गरिने छ ।’

रुसी जाँच ब्यूरोले वैग्नर नेता येब्गेनी प्रिगोजिन विरुद्ध शसस्त्र विद्रोह गरेको मुद्दा समेत दर्ता गरेको छ । मस्कोमा रुसी सेनाले उच्च सतर्कताको घोषणा गरेको छ ।

रुस – युक्रेन युद्ध १६ औं महिनामा चलिरहदा रुसी सैन्य समीकरणमा यस्तो नाटकीय बद्लाव आएको हो । प्रिगोजिनका अनुसार शनिबार बिहान रुसी सेनाले बैग्नर समूहको युक्रेनको बखमुत शिविरमा मिसाइल आक्रमण गरेपछि यो मोड आएको हो ।

प्रिगोजिनले रुसी राष्ट्रपति पुटिनले आफ्नो हत्या गर्न खोजेको बताएका छन् । साथै उनले यो रुस देश र रुसी जनता रुद्ध कुनै शसस्त्र विद्रोह नभएर रुसी ‘युद्ध सभ्रान्त’ को संघर्ष मात्र भएको बताएका छन् ।

के हो बैग्नर ? को हुन प्रिगोजिन ?

बैग्नर रुसको एक निजी अर्धसैनिक बल हो । सन् २०१४ मा रुसले क्रिमिया विलयन गर्ने समयमा यो समूह चर्चामा आएको थियो । रुसी सेनाले सिधा सैन्य हस्तक्षेप गर्न नमिल्ने ठाउँहरुमा रुसको पक्षमा माहौल बनाउँने काम यस समूहले गर्दै आएको थियो । यसले रुसी सेनासँगको समन्वयमा काम गर्ने गर्दथ्यो ।

क्रिमिया रुसमा गाभिएपछि दोनेस्क र लुहान्स्कका पृथकतावादी समूहलाई यसले सहयोग गरेको थियो । सिरिया, लिविया, माली जाम्बिया लगायतका विभिन्न युद्धग्रस्त देशमा रुस समर्थित पक्षलाई प्रयोग गर्न समेत यस अर्धसैनिक बलको प्रयोग हुने गरेको थियो ।

सन् २०१२ मा ५,००० सिपाहीसहित स्थापित भएको यो निजी सुरक्षा कम्पनीसँग अहिले कम्तीमा २५,००० सेना भएको बताइन्छ। येब्गेनी प्रिगोजिन बैग्नर समूहका मूल कमाण्डर हुन । उनी रुसी राष्ट्रपति पुटिनका नजिकका साथी मानिन्थे । पछिल्ला केही दिन यता उनले रुसी सैन्य नेतृत्व र अधिकारीको आलोचना गर्ने गरेका थिए ।

‘युद्ध सम्भ्रान्त’ हरुले युक्रेनको युद्ध मैदानमा रहेका सिपाहीको दु:ख, बलिदानको मूल्य नबुझेको उनीको आरोप थियो । प्रिगोजिन विरुद्ध जारी गरिएको मुद्दामा २० वर्ष जेल सजायको माग गरिएको छ ।

युक्रेनी सेनाको प्रतिक्रियाः स्थिति नियाल्दैछौं

युक्रेनी सेनाले भने यसबारे कुनै लामो प्रतिक्रिया दिएको छैन । युक्रेनी सेनाको आधिकारिक ट्वीटर एकाउन्टबाट ‘हामी स्थितिलाई हेरिरहेका छौ’ भन्ने एक छोटो बाक्यको प्रतिक्रिया आएको छ।

युद्ध विश्लेषकले बैग्नर समूह रुसी सेनाको विरुद्ध देखिएको हुँदा युक्रेन युद्धमा नयाँ मोड आउन सक्ने आकलन गरेका छन् । तर, त्यो मोड के कस्तो हुन्छ, प्रष्ट भइसकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved