मोटरेबल पुल बाढीले बगायो, फड्के बनाउँदै नेपाली सेना

नेपालभ्युज

मोटरेबल पुल बाढीले बगायो, फड्के बनाउँदै नेपाली सेना

फुङ्लिङ । मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल बाढीले बगाएपछि आवत–जावत नै ठप्प भयो । सर्वसाधारण मर्कामा परेपछि नेपाली सेनाको टोली अस्थायी रूपमा आवातजावतको व्यवस्था गर्दै फड्के पुल निर्माण गरेको छ ।

फड्के पुल बनेपछि पैदल यात्रुका लागि आवतजावत सहज भएको छ । हेवा खोलामा २०४२ सालमा पुल बनेको थियो ।

असार २ गते राति हेवा खोलामा उर्लिएर आएको बाढीले फालेलुङको मेमेङदेखि, प्राङबुङ, सिदिन, याङनाम, भारपा र फिदिममा पर्ने विभिन्न संरचनामा क्षति पुर्‍याएको थियो ।
बाढीले यस खोलाले चार वटा सडक पुल नै बगाएको छ भने जनधनको क्षति समेत भएको छ ।

तस्बिर : दिलकुमार लिम्बू/रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved