काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको ध्यान सत्ता टिकाउनेभन्दा बाहिर जान नसकेको टिप्पणी गरेका छन् ।
सभापति लामिछानेले सत्ता टिकाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दल भित्रै पनि अर्को गठबन्धन बनाउनु परेको समेत बताए ।
सरकारप्रति रुष्ट शैलीमा प्रस्तुत भएका लामिछानेले सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई कमजोर बनाउँदै लगेको बताए । उनले सरकारले भारत भ्रमणलाई जबरजस्त ठूलो उपलब्धिको रुपमा चित्रण गर्ने प्रयास गरेको पनि टिप्पणी गरे ।
शुक्रबार संसदमा बोल्दै उनले सरकार मूल मुद्दा छाडेर झिनामसिना विषयमा केन्द्रित भएको आरोप लगाए ।
‘जनतालाई राहत दिने, मुलुकका महत्वपूर्ण मुद्दाहरुमा केन्द्रित रहनेभन्दा पनि आफूलाई टिकाउनुपर्ने जिम्मेवारीमा बढी केन्द्रित भएका कारण सरकार कता–कता अलमलिएको हो कि ?’, उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणकै विषयलाई लिएर मैले यही सदनमा हाम्रो दलको तर्फबाट विशेष समितिको माग गरेको थिए । तर त्यो त्यसै अल्मिलियो ।’
Facebook Comment
Comment