ड्रागन बोट रेस : नेपालका २ टोली सेमिफाइनलमा

नेपालभ्युज

ड्रागन बोट रेस : नेपालका २ टोली सेमिफाइनलमा

पोखरा। नेपालका २ टोली ‘ड्रागन बोट रेस’ को सेमिफाइनलमा पुगेका छन् । पोखरास्थित फेवा तालमा शुक्रबार भएको ५०० मिटर रेसबाट नेपालका २ र चीनका २ टोली सेमिफाइनलमा पुगेका हुन्।

नेपालको ‘नारा ड्रागन बोट टीम’ र ‘एनआसीए ड्रागन बोट टीम’ले सेमिफाइनलमा स्थान पक्का गरे। चीनका सिचुआन ड्रागन बोट र युनान ड्रागन बोट सेमिफाइनलमा पुग्न सफल भए।

यी ४ टोलीबीच शनिबार प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा नेपालका ४, चीनका ३ र सिङ्गापुरको १ टोली सहभागी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved