मनसुन देशैभर सक्रिय, आज धेरै ठाउँमा भारी वर्षा हुने

नेपालभ्युज

मनसुन देशैभर सक्रिय, आज धेरै ठाउँमा भारी वर्षा हुने

काठमाडौं । मनसुन देशैभर सक्रिय भएको छ । पछिल्लो समय मध्य र पश्चिममा पनि मनसुन सक्रिय भइरहेको छ ।

मनसुन सक्रिय भएकै कारण आज शुक्रवार देशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । गएको जेठ अन्तिमदेखि मध्य र पूर्वी क्षेत्रमा मात्रै लगातार पानी पर्ने गरेकोमा आज सबैजसो क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रमा पनि मनसुन अनुकूल वातावरण बनेको छ ।

आज दिउँसो कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो र अन्य ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति भने धेरै ठाउँमा भारी वर्षाको अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved