हराएको पनडुब्बीमा अक्सिजन सकिएपछि पाँचै जनाको मृत्यु

खोजीकर्ताले विष्फोट भएको पनडुब्बीको एक अवशेष फेला पारेका र उक्त अवशेषमा पाँचै जनाको शव भेटिएको बीबीसीले जनाएको छ।

नेपालभ्युज

हराएको पनडुब्बीमा अक्सिजन सकिएपछि पाँचै जनाको मृत्यु

एजेन्सी । विश्वचर्चित टाइटानिक जहाजको भग्नावशेष अवलोकनमा जाँदा सम्पर्कविहीन भएको पनडुब्बीमा रहेका पाँचै जनाको मृत्यु भएको छ ।

खोजीकर्ताले विष्फोट भएको पनडुब्बीको एक अवशेष फेला पारेका र उक्त अवशेषमा पाँचै जनाको शव भेटिएको बीबीसीले जनाएको छ।

उक्त अवशेष १६ सय फिट गहिराईमा भेटिएको खबरमा उल्लेख  छ ।  टाइटन पनडुब्बीमा रहेका पाँच जना अब जिवित नरहेका गोताखोर सञ्चालन गर्ने कम्पनीले भनेको छ।

अमेरिकी कोष्टगार्डले पाँच जनाको मृत्युलाई एक विनाशकारी  र हृदयविदारक घटना भएको उल्लेख गरेको छ ।

सवारहरूमा पनडुब्बी सञ्चालक कम्पनी ओशनगेटका ६१ वर्षीय सीईओ स्टकटन रश, बेलायती-पाकिस्तानी व्यापारी ४८ वर्षीय शाहजादा दाउद र उनका छोरा १९ वर्षीय सुलेमान र बेलायती व्यापारी हमिस हार्डिङ थिए। यस्तै ७७ वर्षका पूर्व फ्रान्सेली नौसेना गोताखोर र प्रख्यात अन्वेषक पल-हेनरी नार्गोलेट पनि थिए ।

पनडुब्बी बेपत्ता भएपछि अमेरिका, क्यानाडाली, बेलायती र फ्रान्सेली टोलीहरू समावेश भएको ठूलो अन्तर्राष्ट्रिय टोलीले खोजी गरेको थयो ।  तर अथक प्रयासका बावजुत पनि उनीहरुलाई बचाउन नसकेकोमा उद्दारकर्ताले क्षमा मागेका छन् ।

९६ घण्टाको लागि मात्रै अक्सिजन आपूर्ति भएको ‘ओसियन गेट टाइटन’ नामक उक्त पन्डुब्बी पाँचजना यात्रुसहित आइतबार सम्पर्कविहीन भएको थियो ।

पन्डुब्बी पानीमा छिरेको ८ घण्टामा फर्किसक्नुपर्ने थियो । तर पौने २ घण्टामै सम्पर्क टुटेको थियो । भित्रबाट खोल्न नमिल्ने उक्त पनडुब्बीलाई समुद्रमाथिबाट जहाजले नियन्त्रण गर्ने गरेको थियो ।

उक्त यात्राका लागि अर्बपती ब्यापारीले करोडौं रुपैयाँ तिरेका थिए । हामिश यसअघि अन्तरिक्षमा समेत यात्रा गरिसकेका बेलायतका अर्बपति हुन् ।

सन १९१२ अप्रिलमा डुबेको टाइटानिक जहाजको भग्नावशेष उत्तरी अटलान्टिकको सतहबाट करिब ४ किलोमिटर तल छ । उक्त भग्नावशेष सन १९८५ मा मात्रै पत्ता लागेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved