साफ च्याम्पियनसिप फुटबल आजदेखि, नेपालले कुवेतसँग खेल्दै

नेपालभ्युज

साफ च्याम्पियनसिप फुटबल आजदेखि, नेपालले कुवेतसँग खेल्दै

काठमाडौं । चौधौं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

च्याम्पियनसिप भारतको बेंग्लोरमा हुन लागेको हो । उद्घाटन खेलमा नेपालले कुवेतसँग खेल्दैछ । खेल दिउँसो पौने चार बजे सुरु हुनेछ ।

कुवेतसँग अहिलेसम्म नेपालले ९ खेल खेलेकोमा ८ खेलमा पराजित रहेको छ । एक खेल  भने बराबरीमा सकिएको थियो ।

यस्तै बेलुका पौने ८ बजे भारत र पाकिस्तानले खेल्नेछन् । यसपटकको साफमा आमन्त्रित टोलीका रुपमा कुवेत र लेबनान रहेका छन् । फिफाको प्रतिबन्धका कारण श्रीलंकाले खेल्न पाएको छैन ।

समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र कुवेत रहेका छन् । समूह ‘बी’ मा माल्दिभ्स, बंगलादेश, भुटान र लेबनान छन् । भारतले साफका ८ वटा उपाधि जितेर सर्वाधिक सफल टोली बनेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved