एजेन्सी। चुकन्दरमा कैयौं यस्ता गुणकारी पोषक तत्वहरू पाइन्छन्, जसले स्वास्थ्यसँग जोडिएका धेरै समस्याहरूलाई कम गर्न सहयोग गर्छ । चुकन्दरको राइता सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
– चुकन्दरमा आइरन प्रचुर मात्रामा पाइन्छ, जसले गर्दा आँखाको रोशनी बढाउन सहयोग गर्छ । चुकन्दरको राइदा बनाएर खाँदा आँखाको रोशनी बढ्नुका साथै शरीरमा रगतको कमी पनि हुँदैन ।
– चुकन्दरबाट बनेको राइताको सेवन गर्नाले छाला एकदमै चम्किलो हुन्छ । अनुहारमा भएका दागधब्बा हट्छन् र छाला चम्किलो हुन्छ । यति मात्र नभएर राइताको नियमित सेवनले छालाको सुन्दरता पनि बढ्छ ।
– चुकन्दरबाट बनेको राइताको सेवनले तपाईं एनिमियाको समस्याबाट पनि छुट्कारा पाउन सक्नुहुन्छ । जो कसैलाई रगतको कमी हुन्छ उनीहरूले नियमित यस राइताको सेवन गर्नुपर्दछ ।
– चुकन्दरको राइताको सेवनले पाचन प्रक्रियालाई पनि राम्रो बनाउँछ । राइतालाई बनाउनका लागि प्रयोग गरिने दही, जिरा, कालो नुन आदि सबै पाचन तन्त्रका लागि फाइदाजनक हुन्छन् ।
– चुकन्दरमा बिटाक्यानिन नामक एन्टीअक्सीडेन्ट पाइन्छ, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छ । इम्युनिटी पावर राम्रो बनाउनका लागि नियमित चुकन्दरको सेवन गर्नु फाइदाजनक हुन्छ ।
– चुकन्दरमा बिटालेन नामक तत्त्व हुन्छ, जो एन्टिइन्फ्लामेटरी हुन्छ । चुकन्दरबाट बनेको राइताको सेवनले शरीर सुन्निएको पनि कम हुन्छ ।
Facebook Comment
Comment