काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा बहिष्कार गरेका छन् । उनले घोषणा कार्यक्रममा नजाने बताएका छन् ।
एकीकृत समाजवादीसँगै नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द ‘विप्लव सी’ नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चा सोमबार दिउँसो ४ बजे राष्ट्रिय सभागृहमा घोषणा हुँदैछ । तर, खनाल भने नजाने भएका छन् ।
“घोषणा सभामा म जान्नँ,” खनालले नेपालभ्यूजसँग भने, “अलिक व्यस्त छु । अहिलेलाई यत्ति भनेँ । थप कुरा पछि नै गरौँला ।” यसअघि खनालले उद्देश्य, प्रधान नीति, तथा शत्रु किटान नभइ मोर्चा घोषणा गर्न नहुने बताएका थिए ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने समाजवादी मोर्चा अविलम्ब घोषणा हुनुपर्नेमा छन् । उनले मोर्चा बन्नु सकारात्मक भएको बताएका छन् ।
Facebook Comment
Comment