पूर्वमा आज पनि ठूलो वर्षा हुने, पश्चिम तराईमा बादल लाग्ने

नेपालभ्युज

पूर्वमा आज पनि ठूलो वर्षा हुने, पश्चिम तराईमा बादल लाग्ने
फाइल तस्वीर

काठमाडौं । पूर्वी क्षेत्रमा सक्रिय रहेको मनसुनका कारण आज पनि भारी वर्षा हुने सम्भावना छ ।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी पहाडी जिल्लामा बेलुकादेखि ठूलो पानी पर्ने सम्भावना छ ।

गएराति कोशी, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । आज गण्डकी र बाग्मती प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षाको अनुमान गरिएको छ ।

यस्तै, पश्चिम तराईमा पानी नपरे पनि आज मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । पश्चिम तराईमा बिपरजोयको  प्रभावका कारण बादल लाग्ने मौसमविद्ले बताएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved