पहिरोबाट उद्धार गरिएकी बालिकाको मृत्यु

नेपालभ्युज

पहिरोबाट उद्धार गरिएकी बालिकाको मृत्यु

पाँचथर। पहिरोले घर पुर्दा घाइते भएकी पाँचथर फालेलुङ ३ की जुना सावदेनको उपचारको क्रममा मृत्यु भएको छ । पाँचथर अस्पतालमा उपचार गर्ने क्रममा आइतबार दिउँसो २ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

फालेलुङ–३ खोलाघारीस्थित मावली घरमा बस्दै आएकी जुना मध्यरातमा घरमाथिबाट आएको पहिरोमा पुरिएकी थिइन् ।

झन्डै ७ घण्टापछि स्थानीयले उद्धार गरेर उपचारका लागि सदरमुकाम ल्याइएकी उनलाई जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए।

पाँचथर प्रहरीका अनुसार  हेवा खोलामा आएको बाढीले बगाउँदा पाँचथरका ५ जना बेपत्ता छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved