विश्वकप क्रिकेट क्वालिफायर

नेपालले दियो जिम्बावेलाई २९१ रनको लक्ष्य, कुशल र आसिफको कीर्तिमानी साझेदारी

जिम्बाब्वेस्थित हरारे स्पोर्टस क्बमा आइतबार भएको खेलमा नेपालले पुरै ओभर खेलेर ८ विकेट गुमाउँदै २९० रन बनाएको हो। एक समय तीन सय रन सहजै कटाउने अवस्थामा देखिएको नेपालले पछिल्लो क्रममा लगातार विकेट गुमाएको थियो ।

नेपालभ्युज

नेपालले दियो जिम्बावेलाई २९१ रनको लक्ष्य, कुशल र आसिफको कीर्तिमानी साझेदारी

काठमाडौं। आइसीसी एकदिवसीय क्रिकेट विश्वकप क्वालिफायरमा नेपालले जिम्बावेलाई २९१ रनको लक्ष्य दिएको छ।

जिम्बाब्वेस्थित हरारे स्पोर्टस क्बमा आइतबार भएको खेलमा नेपालले पुरै ओभर खेलेर ८ विकेट गुमाउँदै २९० रन बनाएको हो। एक समय तीन सय रन सहजै कटाउने अवस्थामा देखिएको नेपालले पछिल्लो क्रममा लगातार विकेट गुमाएको थियो ।

ओपनर कुशल भूर्तेलले उत्कृष्ट ब्याटिङ गरे । उनी वेलिंग्टन मसाकाद्जाको बलमा ९९ रनमा बोल्ड आउट भए । ९५ बल खेलेका कुशलले १३ चौका र २ छक्का प्रहार गरे ।

पहिलो विकेटको लागि कुशल र आसिफ शेखले १७१ रनको साझेदारी गरेका थिए। यो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालको सबैभन्दा ठुलो साझेदारी हो ।

आसिफ ६६ रन बनाएर आउट भए । दुवै ओपनर आउट भएपछि कुशल मल्ल र रोहित पौडेलले पनि अर्धशतकीय साझेदारी गरे । कुशल ४१ र रोहित ३१ रन बनाएर आउट भए ।

त्यसपछिका ब्याट्स्म्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । जसका कारण नेपाल ३ सय भन्दा तलको स्कोरमा रोकियो । गुल्सन झाले १३ र आरिफ शेखले १० रन बनाए।

जिम्बावेका लागि रिचर्ड नागरावाले ४ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved