अमेरिका-चीन सम्बन्धमा सुधार हुँदै, विदेशमन्त्री ब्लिन्केन बेइजिङ पुगे  

नेपालभ्युज

अमेरिका-चीन सम्बन्धमा सुधार हुँदै, विदेशमन्त्री ब्लिन्केन बेइजिङ पुगे  

एजेन्सी। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आइतबार चीन पुगेका छन् ।

पाँच वर्षमा कुनै पनि अमेरिकी विदेशमन्त्रीको यो पहिलो भ्रमण हो। यसअघि उनले यसै वर्षको फेब्रुअरीमा चीन भ्रमण गर्ने तयारी गरे पनि चिनियाँ जासुसी बेलुन अमेरिका पुगेको विषयमा उत्पन्न तनावका कारण भ्रमण स्थगित भएको थियो ।

ब्लिन्केनले  चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन् ।  चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटबारे हालसम्म कुनै जानकारी आएको छैन ।

शुक्रबार सी जिनपिङले माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सलाई भेटेका थिए । दुई देशबीचको सम्बन्ध सुधार गर्ने, व्यापार सहज बनाउने र युक्रेन युद्धमा रुसमा जाने चिनियाँ हतियार रोक्न भ्रमणको मुख्य एजेन्डा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ विदेशमन्त्री चिन ग्याङले बुधबार ब्लिन्केनसँग फोनवार्ता गरेका थिए।

कुराकानीमा चिनियाँ विदेशमन्त्रीले उनलाई भनेका छन्, ‘हालैको सम्बन्धमा आएको बिग्रिएको कारण को हो भन्ने स्पष्ट छ, अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्नुपर्छ र प्रतिस्पर्धाको नाममा चीनको सार्वभौमसत्ता, सुरक्षा र विकास हितलाई कमजोर पार्ने काम बन्द गर्नुपर्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved