सुडानको खार्तुममा हवाई आक्रमण, पाँच बालबालिकासहित १७ जनाको मृत्यु

नेपालभ्युज

सुडानको खार्तुममा हवाई आक्रमण, पाँच बालबालिकासहित १७ जनाको मृत्यु

एजेन्सी । सुडानको राजधानी खार्तुममा भएको हवाई आक्रमणमा पाँच बालबालिकासहित कम्तीमा १७ सर्वसाधारणको मृत्यु भएको छ ।

समाचार अनुसार यो हमला सेनाले गरेको हो । सुडानको स्वतन्त्र समाचार वेबसाइट डार्फर २४ का अनुसार आक्रमणमा १७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

उनीहरुलाई बसिर अस्पतालमा भर्ना गरिएको छ। हवाई हमलामा २५ घर पनि ध्वस्त भएको प्रतिवेदनमा उल्लेख छ । हवाई आक्रमणको एक दिन अघि शीर्ष सेनाका जनरल यासिर अब्दुल रहमान हसन अल-अताले सेनाले अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) विरुद्धको आक्रमणलाई तिब्रता दिने बताएका थिए।

सुडानमा अप्रिल १५ देखि सेना र अर्धसैनिक बलहरूबीच भिडन्त सुरु भएको छ, जसका कारण ठूलो संख्यामा मानिसहरू भाग्न बाध्य छन्।

यसअघि शनिबार आरएसएफले एक विज्ञप्ति जारी गर्दै सेनाले धेरै हवाई आक्रमण र ठूलो संख्यामा सर्वसाधारण मारेको आरोप लगाएको थियो। सेनाले अहिलेसम्म यी आरोपहरूको पुष्टि वा खण्डन गरेको छैन।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved