ग्रीसमा युरोपकै खराब दुर्घटना, पानी जहाज डुब्दा ६ सय जनाको मृत्यु भएको शंका

उद्धारकर्ताहरूले अझै पनि दक्षिण-पश्चिम तटबाट लगभग ५० समुद्री माइल टाढा डुङ्गा पल्टिएको क्षेत्रमा खोजी गरिरहेका छन् तर थप जीवित व्यक्तिहरू फेला पार्ने आशा घट्दै गएको छ। 

नेपालभ्युज

ग्रीसमा युरोपकै खराब दुर्घटना, पानी जहाज डुब्दा ६ सय जनाको मृत्यु भएको शंका

एजेन्सी । अस्ति विहीबार ग्रीसमा आप्रवासी बोकेको पानी जहाज दुर्घटना युरोपकै एक खराब दुर्घटना रहेको अधिकारीहरुले जनाएका छन् ।

जहाजबाट ७८ जनाको शव निकालिएको छ, एक सय जना भन्दा धेरैको जिवितै उद्दार भएको छ । तर जहाजमा सयौँ जना रहेको शंका गरिएको छ ।बाँचेकाहरुले जहाजमा एक सय जना त बालबालिका मात्रै रहेको बयान दिएका छन् ।

उनिहरुले जहाजमा कुल ७ सय ५० जना रहेको बताएका छन् । यसरी हेर्दा अझै जहाजमा रहेका पाँच सय जना वेपत्ता भएको र उनीहरु अब जिवितै भेटिने सम्भावना नरहेको शंका गरिएको छ ।

ग्रीसको सरकारी टेलिभिजन ईआरटीका अनुसार दुर्घटनामा संलग्न रहेको आशंकामा हालसम्म ९ जना इटलिनयसहित १२ जनालाई हिरासतमा लिइएको छ। जहाज डुब्नबाट नरोकेको भन्दै ग्रीक कोस्टगार्डको आलोचना भइरहेको छ ।

उनीहरूले पहिले नै यो डुङ्गा आप्रवासीहरूले भरिएको देखेका र दुर्घटनाको सम्भावना हुँदाहुँदै पनि सावधानी नअपनाएको आरोप लागेको छ ।

तर अधिकारीहरूले कोस्टगार्डको बचाउ गर्दै भने, ‘उनीहरूले आप्रवासीहरूलाई मद्दत प्रस्ताव गरेका थिए तर आप्रवासीले नै सहयोग अस्वीकार गरे।’

उद्धारकर्ताहरूले अझै पनि दक्षिण-पश्चिम तटबाट लगभग ५० समुद्री माइल टाढा डुङ्गा पल्टिएको क्षेत्रमा खोजी गरिरहेका छन् तर थप जीवित व्यक्तिहरू फेला पार्ने आशा घट्दै गएको छ।

डुङ्गा इजिप्टबाट इटलीतर्फ खाली प्रस्थान गरेको थियो र लिबियाको बन्दरगाहमा रोकिएको थियो जहाँ यसले इटाली जाने आप्रवासीहरूलाई चढाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved