विराटनगर । कोशी प्रदेश सरकारले ‘खुवालुङ सांस्कृतिक सम्पदा क्षेत्र’ को सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । बिहीबार आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजिनक गर्दै अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस्तो घोषणा गरेका हुन् ।
“तमोर, अरुण र सुनकोशीको त्रिवेणीमा अवस्थित किरात समुदायको ऐतिहासिक, सांस्कृतिक महत्त्वको खुवालुङलाई ‘खुवालुङ सांस्कृतिक सम्पदा क्षेत्र’ कायम गरी सो क्षेत्रको बृहत्तर विकासका लागि सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरेको छु,” कार्कीले भनेका छन् ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले खुवालुङ फोडेर त्यहाँबाट जल विमान चलाउने घोषणा गरेपछि खुवालुङ चर्चामा आएको थियो । ओलीको उक्त भनाइलाई लिएर किरात समुदायका विभिन्न घटकहरूले प्रतिरोधस्वरूप आन्दोलन नै जारी राखेका थिए श्र
Facebook Comment
Comment