नेप्सेमा ५ अंकले वृद्धि, ३ अर्ब १६ करोडको कारोबार

नेपालभ्युज

नेप्सेमा ५ अंकले वृद्धि, ३ अर्ब १६ करोडको कारोबार
प्रतीकात्मक तस्वीर

काठमाडौं। बिहीबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । दिनभरजसो थपघट भइरहेको बजार अन्तिममा ५ अंकले बढेर २०४२.०७ विन्दुमा रोकियो ।

साताको अन्तिम कारोबार दिन  बिहीबार सेयर बजारमा ०.२५ प्रतिशतको वृद्धि हुँदा कारोबार रकम भने घटेको छ।

बिहीबार २७० धितोपत्रको ५२ हजार ८१४ वटा कारोबारबाट ७८ लाख ९६ हजार ४७८ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँको भएको छ ।

उपसूचकहरुमा समेत मिश्रित नतिजा आएको छ । आज होटल र पर्यटन उपसूचकका लगानीकर्ताले सबैभन्दा धेरै (४.५६ प्रतिशत)ले कमाएका छन् । यस्तै,

भूगोल इनर्जी, मल्टी प्रपोज फाइनान्स, मिर्मिरे लघुवित्त, साधना लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved