सरकारको प्राथमिकता देशलाई आर्थिक संकटबाट उकास्नु हो : प्रधानमन्त्री प्रचण्ड

सरकारको प्राथमिकता देशलाई आर्थिक संकटबाट उकास्नु हो : प्रधानमन्त्री प्रचण्ड
फाइल फोटो

सुर्खेत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारको प्राथमिकता आर्थिक संकटलाई समाधान गर्दै सुशासनको पक्षमा नयाँ संकल्पसहित अघि बढेको बताएका छन् ।

दैलेखको दुल्लु नगरपालिका–१२ दह गाउँमा कुल शिरोमणि दाशुको प्रतिमा (सालिक) अनावरण कार्यक्रममा बोल्दै बोल्दै आर्थिक संकट समाधान गर्नु र सुशासन कायम गर्नु नै पहिलो प्राथमिकता रहेको बताएका हुन् ।

आफू पहिलोपटक प्रधानमन्त्री हुँदा एकीकृत विकास गर्ने सपना थियो तर, कारण बस् त्यो गर्न नसकिएको र दोस्रोपटक प्रधानमन्त्री हुँदा महत्त्वपूर्ण काम गर्न सकेको प्रधानमन्त्री प्रचण्डले बताए ।

‘अहिले तेस्रोपटक आर्थिक संकटको बेला प्रधानमन्त्री भएँ, तैपनि आर्थिक संकटलाई समाधान गर्दै सुशासनको पक्षमा नयाँ संकल्पसहित अघि बढेको छु ।’ उनले भने, ‘देशमा समृद्धिको युगको सुरुवात भएको छ । भारतसँग १० हजार मेगावाट विद्युत् बिक्री गर्ने सहमति भएको र अन्य रणनीतिक गतिविधि अघि बढिसकेकाले देश समृद्धिको युगमा प्रवेश गरिसकेको छ ।’

मन्त्रिपरिषद्को पहिलो बैठकदेखि नै आर्थिक संकट समाधान, राष्ट्रको एकता, जनताको पक्षमा रहेर राष्ट्रको समृद्धितर्फ अग्रसर भइरहेको उनले बताए ।

‘मान्छेलाई विश्वास लाग्न सक्छ नलाग्न सक्छ, कुनै दिन मान्छेले प्रचण्डको बेलामा अर्थतन्त्रमा राम्रो काम भएको रहेछ भन्ने छन्, कुनै दिन ।’ उनले भने,‘गर्वका साथ दाशुको प्रतिमा अगाडि प्रतिबद्धता गर्दछु, राष्ट्रको एकता र उन्नतिको लागि समर्पित भएर लाग्छे प्रण गर्दछु ।’

दह गाउँ दाशु सन्ततिहरू दाहाल, लम्साल, रुपाखेती, कुँवर तथा राणाहरूको उत्पत्ति भएको भूमिको रूपमा चिनिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved