डन्डीफोर आउँदा कहिल्यै नगर्नुहोस् यस्ता गल्ती

नेपालभ्युज

डन्डीफोर आउँदा कहिल्यै नगर्नुहोस् यस्ता गल्ती

एजेन्सी । अनुहारमा डन्डीफोर आउँदा तिनलाई फुटाल्ने तथा निचोर्ने जस्ता गल्ती गर्नु हुँदैन । यस्तो बानीले अनुहारको छाला बिग्रन पनि सक्छ । आउनुहोस् जानौं यस्ता गल्तीहरुका बारेमा–

  •  अनुहारमा डन्डीफोर आएका छन् भने अनुहारलाई राम्रोसँग सफा गर्नुहोस् । यस्तोमा अनुहारमा सलिसीक्लिक एसिड भएको फेस वासको प्रयोग गर्नु फाइदाजनक हुन सक्छ ।
  •  डन्डीफोर आउने अनुहारमा हप्तामा कम्तीमा दुई देखि तीन पटक स्क्रब अवस्य गर्नुपर्दछ । तर यदी तपाईंको अनुहारैभरी डन्डीफोर आएको छ भने स्क्रब धेरै नगर्नुहोस् । धेरै स्क्रब गर्दा पनि डन्डीफोर फुटेर घाउ बन्न सक्छ ।
  •  डन्डीफोरलाई पटक पटक छुने तथा दबाउने गर्नु हुँदैन । जसले गर्दा डन्डीफोर तीव्र गतिमा अनुहारमा फैलन सक्छ ।
  •  डन्डीफोरमा कमसल खालको स्किन केयर प्रोडक्ट तथा मेकअपको प्रयोग गर्दा पनि पोर्सहरु ब्लक हुन्छन् । जसले गर्दा डन्डीफोर धेरै फैलिन्छन् ।
  • धेरै मेकअप सामग्रीको प्रयोग पनि गर्नु हुँदैन । किनकी डन्डीफोरलाई लुकाउन धेरै सामग्री प्रयोग गर्दा पनि डन्डीफोर अझै फैलन्छन् ।
  •  जहिले पनि घामबाट बच्नका लागि सधैं सनस्क्रीनको प्रयोग गर्नु पर्दछ । जसले गर्दा डन्डीफोरको समस्या पनि हुँदैन ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved