विराटनगर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन। विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सभापति देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका हुन् ।
अहिलेकै गठबन्धनबाट कांग्रेस नेतृत्वमा सरकारसमेत बन्ने पक्का भएकाले सभापति देउवाले प्रधानमन्त्रीमा समेत दाबी गर्न नहुने थापाले बताए । प्रधानमन्त्रीमा देउवाबाहेक अरु नै हुनुपर्ने उनले बताए ।
थापाले जनताले कांग्रेसबाट अब नयाँ प्रधानमन्त्रीको खोजी गरेकाले सभापतिले आफ्नो र पार्टी हितका लागि भएपनि पद छोड्नुपर्ने बताए ।
उनले भने, ‘मैले कुनै रिसिबी लिएर भनिरहेको छैन । पार्टी हितका लागि हो । नेपाली कांग्रेसले नयाँ नेतृत्व खोजी रहेको छ । यी कुरा लागू गर्न म लागि रहेको छु । अझै लाग्छु । परिवर्तन गर्न लागि रहेको छु । जोखिम उठाउने हो । फलका विषयमा चिन्ता गर्ने होइन । आज मेरो काम भनेको नेतृत्व र सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने हो ।’
Facebook Comment
Comment