भारतमा जी-२० सम्मेलन : युक्रेन युद्धबारे चीन र रुसको अहमति, बैठक प्रभावित

नेपालभ्युज

भारतमा जी-२० सम्मेलन : युक्रेन युद्धबारे चीन र रुसको अहमति, बैठक प्रभावित

एजेन्सी ।  भारतको वाराणसीमा भएको जी-२० देशका मन्त्रीहरूको बैठकमा युक्रेन युद्धलाई लिएर स्पष्ट रूपमा मतभेद देखा परेको छ।

बैठकका लागि तयार पारिएको मस्यौदाको अनुच्छेद १० र ११ मा युक्रेनमा रुसले गरेको आक्रमणको निन्दा गर्दै त्यसले विश्वलाई धेरै नोक्सान पुर्‍याइरहेको उल्लेख गरिएको छ ।

रुस र चीनले मस्यौदाका यी अनुच्छेदहरूमा असहमति व्यक्त गरेका छन्। मन्त्रीहरूको यो बैठकको अध्यक्षता भारतका विदेशमन्त्री एस जयशंकरले गरेका थिए ।

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो सन्देशमार्फत उक्त बैठकलाई सम्बोधन गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved