प्युठान कार दुर्घटना : घाइते भएका आठैजनाको मृत्यु

नेपालभ्युज

प्युठान कार दुर्घटना : घाइते भएका आठैजनाको मृत्यु

दाङ। प्युठानको स्वर्गद्वारी मन्दिरबाट फर्कँदै गरेको कार दुर्घटना हुँदा गम्भीर घाइते भएका ८ जनाको मृत्यु भएको  छ।

उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । सबैलाई अचेत अवस्थामा अस्पताल पुर्‍याइएको थियो ।

मन्दिर दर्शन गरी फर्किने क्रममा लु. १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भ्यागुते भन्ने स्थानमा आज दिउँसो दुर्घटना भएको हो।

दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका १५ का ३५ वर्षीया सरिता शर्मा पोख्रेल, उनका छोराहरू १४ वर्षीय विशाल र ९ वर्षीय विकास, लमही ७ का ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा र छोरा ९ वर्षीय आदित्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार चालक लमही नगरपालिका ५ का ४९ वर्षीय ताराबहादुर कुमाल र घोराही उपमहानगरपालिका १५ का ११ वर्षिय शिशिर सुवेदीको पनि मृत्यु भएको छ । कार सडकबाट ५० मिटर तल खसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved