टर्कीमा विष्फोट : पाँच जनाको मृत्यु, कयौँ घाइते

नेपालभ्युज

टर्कीमा विष्फोट : पाँच जनाको मृत्यु, कयौँ घाइते

एजेन्सी । टर्कीमा रकेट र विस्फोटक पदार्थ बनाउने कारखानामा भएको विष्फोटमा परी पाँच जनाको ज्यान गएको छ ।

४० जना भन्दा धेरै घाइते भएका छन्, केहीको अवस्था चिन्ताजनक रहेको छ । राजधानी अंकाराबाट ४० किलोमिटर टाढा रहेको सरकारी स्वामित्वको एमकेई रकेट र विस्फोटक कारखानामा विष्फोट भएको बीबीसीले जनाएको छ ।

टर्कीको सरकारी टेलिभिजनले विष्फोटले नजिकैका घर र पसलका झ्यालका सिसा फुटेको देखाएको छ । अधिकारीहरुका अनुसार कारखानाको डाइनामाइट विभागबाट विष्फोट सुरु भएको हो ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved