आज तापक्रम केही घट्ने, कतै कतै पानी पर्ने सम्भावना

नेपालभ्युज

आज तापक्रम केही घट्ने, कतै कतै पानी पर्ने सम्भावना

काठमाडौं। मनसुनी गतिविधि देखिन थालेसँगै तापक्रम केही घट्न थालेको छ ।

आज हिजो अस्तिको जस्तो गर्मी नहुने मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले आज केही शीत्तल हुने अनुमान छ ।

काठमाण्डौसहित पहाडी क्षेत्रका केही ठाउँमा दिउँसो पछि मौसम आंशिकदेखि सामान्य बद्ली भई हल्का पानी पर्ने सम्भावना रहेको छ । मनसुन अनुकुलको वातावरण बनिरहेकाले तापक्रम केही घट्नेछ ।

अहिले नेपालमा पश्चिमी वायुसँगै बंगालको खाडीको जलवाष्पयुक्त हावा र भारतको बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । आज कतै कतै पानी पर्ने सम्भावना पनि छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved