धनगढी । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिममा आज आम हड्ताल भएको छ ।
गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय भएपनि कार्यान्वयन नभएको भन्दै संघर्ष समितिले हड्ताल गरेको हो । हडतालको धेरै प्रभाव कैलालीमा देखिएको छ ।
कैलालीमा शैक्षिक संस्था आंशिक मात्रै खुलेका छन् भने लामो दूरीका गाडी छुटेका छैनन् । पहाडी जिल्लामा आम हड्तालको असर कम परेको छ ।
विहानैदेखि केही चोकमा आन्दोलनकारीको उपस्थिती रहेको र प्रहरी पनि परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यलयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिएका छन् । लामो दूरीका गाडी सुदूरपश्चिममा भित्रिएपनि छुट्न भने नपाएको उनको भनाई छ ।
Facebook Comment
Comment