सत्ता टिकाउनका लागि रेशम चौंधरीलाई आममाफी दिइयो : डा. शेखर कोइराला

नेपालभ्युज

सत्ता टिकाउनका लागि रेशम चौंधरीलाई आममाफी दिइयो : डा. शेखर कोइराला

काठमाडौं।  सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि अदालतको आदेश विपरित रेशम चौंधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाएका छन्।

दण्डहीनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिबाट तीनवटै तहको अदालतको आदेश विपरित चौंधरीलाई आममाफी दिने कुराले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउने भन्दै उनले आक्रोशसमेत व्यक्त गरे।

शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति, भक्तपुरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन्।

उनले भने, ‘तीन अदालत उच्च अदालत, जिल्ला अदालत, सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले त्यो मसी सुक्न नपाउँदै माफी दिनुभयो । हामी जस्ताले त्यसलाई कसरी हेर्ने ? यी कुराहरू अत्यन्त गम्भीर हुन्छन् भोलिका दिनमा । सरकार टिकाउनका लागि यी कुराहरू गर्दाखरी लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ ।’

उनले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातराख्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए। निर्वाचन आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि नै प्रश्न उठने गरी सरकारले सो निर्णय गरेकाले आफूहरूले विरोध गर्नुपरेको उनको तर्क थियो। नतो कोइरालाले लोकतन्त्रलाई मजबुत पार्नका लागि पनि जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयको मातहत राख्ने काम गर्न नहुने पटकपटक दोहोर्‍याए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved