उत्तर-पश्चिम पाकिस्तानमा सडक दुर्घटनामा ८ जनाको मृत्यु, १२ घाइते

नेपालभ्युज

उत्तर-पश्चिम पाकिस्तानमा सडक दुर्घटनामा ८ जनाको मृत्यु, १२ घाइते

इस्लामावाद। पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको अपर दिर जिल्लामा एक यात्रुवाहक गाडी खाडलमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ । साथै सो दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।

प्रदेशको माथिल्लो दिरबाट चित्राल जिल्ला जाँदै गर्दा यात्रुवाहक गाडी खाडलमा खसेको उद्धार टोलीले जनाएको छ ।

स्थानीयवासी र उद्धार टोलीले घटनास्थलमा पुगेर घाइते र शबलाई अस्पताल पुर्‍याएका थिए । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने चिकित्सकहरूले आशङ्का गरेका छन् ।

सो गाडीमा चालकसहित २० जना सवार रहेको उद्धार टोलीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved