एजेन्सी। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध राष्ट्रपति पद छाडेपछि गोप्य कागजात आफैसँग राखेको अभियोग लगाइएको छ ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार ७६ वर्षीय डोनाल्ड ट्रम्प विरुद्ध अनाधिकृत गोप्य कागजातहरू राख्ने सहित कुल सातवटा आरोप लगाइएको हो ।
डोनाल्ड ट्रम्पविरुद्ध अभियोग लगाइएको यो दोस्रो पटक हो । तर, यसपल्ट पहिलो पटक पूर्वराष्ट्रपतिविरुद्ध संघीय अभियोग लगाइएको छ । डोनाल्ड ट्रम्प सन् २०२४ को राष्ट्रपतीय निर्वाचनको तयारीमा व्यस्त छन् ।
आफूमाथि आरोप लगाएपछि उनले सामाजिक सञ्जाल वेबसाइट ट्रुथ सोसलमा लेखेका छन्– ‘अमेरिकाका पूर्व राष्ट्रपतिलाई यस्तो हुन सक्छ भन्ने मैले कल्पना पनि गरेको थिइनँ । यो अमेरिकाका लागि कालो दिन जस्तै हो । हाम्रो देश इतिहासमै तल्लो तहमा झर्दैछ, तर हामी मिलेर अमेरिकालाई फेरि महान बनाउनेछौं।’
उनी यस मामिलामा आउँदो मंगलबार मियामीको संघीय अदालतमा हाजिर हुन जाने पनि जानकारी दिएका बीबीसीले जनाएको छ ।
Facebook Comment
Comment