पूर्वमन्त्री महेश चौधरीको मृत्यु

नेपालभ्युज

पूर्वमन्त्री महेश चौधरीको मृत्यु

काठमाडौं । पूर्वमन्त्री महेश चौधरीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा मृत्यु भएको छ ।

दंगीशरण गाउँपालिका-४ बैवाङ स्थायी घर भई हाल घोराही १७ बेलभारमा बस्दै आएका उनको ७२ वर्षको उमेरमा बुधबार  निधन भएको हो ।

उनी गएराति एक्कासी बेहोस भएपछि उपचारका लागि प्रतिष्ठानमा भर्ना भएका थिए ।

नेकपा एमालेका तर्फबाट २०४८ मा राष्ट्रियसभा सदस्य र २०५४ मा स्थानीय विकास राज्यमन्त्री  बनेका उनी संविधानसभा सदस्य पनि हुन्।

उनका २ छोरा‚ १ छोरी र श्रीमती छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved